काठमाडौं । शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दै छ। आज नेपाल र इटालीबीच खेल हुन लागेको हो ।
यो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । यस अघि गत आइतबार नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो ।
२० टिमहरू सहभागी भएको यस विश्वकपमा नेपाल समूह सी मा रहेको छ, जसमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली पनि छन्। आजको खेलपछि बाँकि खेलहरुमा नेपालले फागुन ३ मा वेस्ट इन्डिजसंग र फागुन ५ मा स्कटल्यान्डसँग खेल्ने छ । नेपालको सबै खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । समूह चरणको खेलहरुपछि शिर्ष २ मा रहने २ टिम अर्को चरण प्रवेश गर्ने छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेलिरहेको हो। यस पटकको प्रतियोगिता भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !