काठमाडौं, १७ भदौ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका मनाङ्गेको आज कार्यविभाजन हेरफेर भएको थियो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए । मनाङ्गेले उक्त मन्त्रालय जुनियरहरुलाई दिइने मन्त्रालय रहेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । स्वकीय सचिवमार्फत उनले मुख्यमन्त्री पाण्डेसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !