हेटौंडा। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरेमा यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
गएराति काँकडभिट्टाबाट नेपालगञ्ज जाँदै गरेको ना.५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडिको पट्टा भाँचिदा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ११ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको र ९ जनालाई थप उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन ।
उनका अनुसार बस घटनास्थलमा रहेको छ भने बस चालकलाई नियन्त्रणमा लिइएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !