काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह झापा ५ बाट चुनाव जित्नेमा ढुक्क बनेका छन् ।
प्रारम्भिक मतगणनामै एमाले उम्मेदवार केपी ओलीलाई दोब्बरभन्दा बढी मतले पछि पारेपछि उनको जित निश्चितप्राय देखिएको छ ।
बालेन अहिले झापा जाँदै छन् । उनी त्रिभुवन विमानस्थलबाट हवाइजहाजमार्फत झापा जान लागेका हुन् । उनी हिजो नै झापाका लागि प्रस्थान गरेका थिए, तर बीचबाट फर्किनुपर्यो । बालेनलाई लिएर उडेको हेलिकोप्टर झापामा ल्यान्ड नभइ काठमाडौं फिर्ता भएको थियो ।
बालेन आज भने नियमित उडानमार्फत जान लागेका हुन् । उनी अहिले त्रिभुवन विमानस्थलमा जहाजको पर्खाइमा छन् । चुनाव जितेर झापामा नै विजयोत्सव मनाउने उनको तयारी छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !