काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार २१.२७ अंकले बढेको नेप्से सोमबार भने ४.६२ अंकले घटेको हो ।सोमबार नेप्सेमा भएको कारोबारमा ९५ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् भने १४१ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।त्यस्तै सोमबार १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर अवस्थामा रह्यो ।आज नेप्सेमा १ करोड ४ लाख ७५ लाख १८१ कित्ता ५९ हजार ९७४ वटा कारोबार हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँ बराबरको कारोबार भयो जसमा समाज लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मैलुङखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !