काठमाडौं । त्रिशुली नदीमा बेपत्ता भएका बस र यात्रुको घटनास्थलबाट ४० किलोमिटर तल गोलाघाटसम्म खोजी गरिने भएको छ ।सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भइसकेको छ ।अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरुको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको छ ।शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव फेला परेको थियो । तर, बस अझै भेटिएका छैनन् ।वर्षासँगै आएको बाढीले भरतपुर महानगरपालिका-२९ सिमलतालमा २८ गते बिहान वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस बगाएको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !