काठमाडौं । कोटेश्वरस्थित एक गेष्ट हाउसबाट ६ बालिकाको उद्धार गरिएको छ।बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्ट हाउसमा आर्थिक प्रलोभनमा पारी बालिकालाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए। गैरकानूनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिएको उनले बताए।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !