काठमाडौं । श्रीलंकामा जारी नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको छ ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । एसिया कपमा तेस्रो पटक सहभागी भएको नेपालले पहिलो जित निकालेको हो ।नेपालका लागि सम्झना खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेलिन् । सम्झना टी–२०आईमा अर्धशतक प्रहार गर्ने पाँचौँ नेपाली खेलाडी बनेकी छन् ।यसअघि इन्दु बर्मा, सीता रानामगर, पूजा महतो र रुविना क्षेत्रीले अर्धशतक प्रहार गरेका थिए । ओपनर सम्झनाले ४५ बलमा ७२ रनमा अविजित रहिन् ।रुविना क्षेत्रीले १०, सीता रानामगरले ७, कप्तान इन्दु बर्माले ६ र कविता कुँवरले २ रन बनाएर आउट भए । पूजा महतो ७ रनमा अविजित रहिन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !