एजेन्सी– रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली-सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो । एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई-११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ) को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालय लगायत अन्य सहयोगी निकायहरूलाई धन्यवाद दिएको छ ।यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका विमानका यात्रुहरूलाई सान फ्रान्सिसको पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !