काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सदनमा प्रतिपक्षी सानो छ भनेर हेप्न खोजिएको बताएका छन् ।प्रतिनिधिसभाको विशेष समयमा बोल्दै किराँतीले सङ्ख्याका हिसाबले प्रतिपक्षीलाई हेप्न खोजिएको भन्दै लोकतन्त्रमा आकारले नभई मुद्दाले स्थान लिने बताए ।उनले विभिन्न प्रकरणमा मुछिएकाहरुलाई मन्त्री बनाएर पुरस्कृत गरिएको र सुशासनको मुद्दामा प्रधानमन्त्रीले दिनेको भाषण जगतलाई मूर्ख बनाउने काममात्रै भएको तर्क गरे ।किराँतीले मौद्रिक नीति रोक्ने काम भएको, विद्युत लाइन जोड्ने विषयमा अनुचित निर्देशन दिने काम वर्तमान सरकारबाट भएको आरोप लगाए । उनले अघिल्लो सरकारले अघि बढाएको छानविन प्रक्रियाले निरन्तरता पाउँछ वा पाउदैन भन्दै प्रश्नसमेत गरेका थिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !