काठमाडौँ — गृहमन्त्री रमेश लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताएका छन् । बुधबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको स्थलगत अवलोकनपछि गृहमन्त्री लेखकले दुर्घटनाका विषयमा सरकारले छानबिन गर्ने बताए । उनले दुर्घटनालगत्तै सरकारको दायित्व पूरा गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धारको कार्य गरेको भन्दै प्रशंसा गरे । ‘यो दुर्घटना हो । जे भयो, दु:खद् भएको छ । जहाजमा रहेका १९ जनामध्ये १८ जनाको निधन भएको छ, मृतक सबै सौर्य एयरलाइन्ससँगै आबद्धहरु भएको कुरा आएको छ,’ गृहमन्त्री लेखकले भने, ‘दुर्घटनापछि तत्कालै गर्नुपर्ने उद्धारको काम सरकारले पूरा गरेको छ । अब के कारणले यस्तो दुर्घटना भयो? भन्नेबारे छानबिन गर्छ ।’ उनले छानबिनबाट प्राप्त तथ्यहरुले नै जहाज दुर्घटनाको पछिका अन्य कुराहरु खुलाउने बताए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !