काठमाडौं । कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नगरपालिका कार्यालय परिसरमा राखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्य नेता–कार्यकर्ता, स्थानीयबासी र कर्मचारीहरु पनि श्रद्धाञ्जली अर्पणमा सहभागी छन् । मिर्गौला रोगबाट पीडित नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको थियो । उनको बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मेयर नकर्मीको निधनपछि आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !