एजेन्सी – पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले आयोगका अध्यक्ष असद इकबाल बटलाई पक्राउ गरेको पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएको छ । चौतर्फी आलोचना पछि पक्राउ गरेकोे केही समयपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले आफूलाई कुने ठोस कारणबिनै पक्राउ गरेको भन्दै बटले आपत्ति जनाएका छन् । प्रहरीले आफूलाई नियन्त्रणमा लिएर आफ्नो क्वेट्टा भ्रमणबारे जानकारी मागेको उनले जनाएका छन् । यद्यपि आफूले पछिल्ला ७ वर्षदेखि क्वेट्टाको भ्रमण गर्दै नगरेको उनको भनाइ छ । बलोचिस्तान प्रान्तको राजधानीसमेत रहेको क्वेट्टामा पछिल्लो समय स्वतन्त्र बलोचिस्तान समर्थक संगठनको गतिविधि बढ्दै गएको बताइन्छ । बलोचिस्तान राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पान्कले उनलाई पक्राउ गरिएको घटनाको निन्दा गरेको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !