काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।
उनको खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । यस्तै पौडीमा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् । उनी हिट चरणको हिट एक मा छिन् । उनको प्रतिस्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
शुक्रबार उद्घाटन भएको पेरिस ओलम्पिकमा शनिवार नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गरेकोमा दुवै खेलाडी पराजित भए । टेबलटेनिसका श्यान्टु श्रेष्ठ मेन्स सिंग्ल्सको प्रारम्भिक चरणमै सेनेगलका खेलाडीसँग ४-० ले पराजित हुँदै बाहिरिए । ब्याडमिन्टनको मेन्स सिंगल्समा प्रिन्स दाहाल समूह पी को पहिलो खेलमा विश्वनम्बर दुई तथा ओलम्पिकको साविक स्वर्ण विजेता डेनिस भिक्टोर एक्सेलसनसँग २-० ले पराजित भए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !