नयाँ दिल्ली । भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा रेल दुर्घटना भएको छ । यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । एक वरिष्ठ रेल अधिकारीले बीबीसीसँग कुरा गर्दै यी मृत्युको पुष्टि गरेका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक भएको बताइएको छ । घटना लगत्तै आएका समाचारहरूमा भने छ जना घाइते भएको बताइएको थियो । बडाबम्बू नजिकै बिहान ४ः४५ बजे दुर्घटना भएको हो । दुर्घटना भएको ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ । यो ठाउँ दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजन अन्तर्गत पर्छ । हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट खसेपछि त्यसको छेउमा उभिएको मालगाडीसँग ठोक्किएको थियो । डिब्बा लिकबाट खसेको ट्रेनको नाम हावडा–सीएसएमटी एक्सप्रेस हो । यस दुर्घटनाका कारण सो लाइनमा चल्ने केही रेललाई अन्य रुटमा पनि डाइभर्ट गरिएको छ । दक्षिण पूर्वी रेलवेका प्रवक्ता ओमप्रकाश चरणले भने– यो दुर्घटनास्थल अगाडि अर्को मालगाडी लिकबाट खसेको छ । तर दुवै दुर्घटना एकैसाथ भएको हो कि होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको बताइएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !