काठमाडौं । यतिबेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ । कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ । उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ । सोमबार उक्त कोटिहोममा अभिनेता पल शाह पनि पुगेका थिए । कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन् । त्यसो त कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ । आफ्नी आमा लिएर कोटिहोममा पुगेका अभिनेता पल शाहले १ लाख एक हजार १११ रुपैयाँ दान गरेका छन् । उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !