काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र केन्द्रीय सदस्यहरूले शनिबारबाट पार्टी कार्यालय चमतीमा निजी गाडी छोडेका छन् ।
पार्टी कार्यालयमा निजी गाडीहरू छोडेर नेता तथा सांसदहरूले पाँच दिनसम्मलाई सार्वजनिक यातायात चढ्न थालेका छन् ।
आइतबार तनहुँमा भएको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल, गणेश पराजुली पुगेका छन् । उनीहरूले त्यहाँ जान पनि सार्वजनिक यातायात प्रयोग गरेका हुन् ।
शनिबार पार्टीको बन्द कार्यशाला सकेर सम्पूर्ण नेता तथा सांसदहरू सार्वजनिक यातायातमै घर फर्किएको रास्वपा सचेतक निशा डाँगीले बताइन् ।
आइतबार पार्टी उपसभापति डोलप्रसाद अर्याल पनि सार्वजनिक यातायात चढेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको खेल हेर्न पुगेका छन् ।
दशरथ रङ्गशालामा आइतबार नेपाल र इरानबीचको भलिबल खेल भइरहेको छ। सभापति रवि लामिछाने भने आइतबार घरमै आराम गरिरहेको उनको सचिवालयका एक सदस्यले बताए ।
सार्वजनिक यातायातको अवस्था बुझ्न र सर्वसाधारणले भोगिरहेका समस्या नजिकबाट नियाल्न आफूहरूले सार्वजनिक यातायात पाँच दिनसम्म चढ्ने अभियान चलाएको उपसभापति अर्याल बताउँछन् ।
उनले सभापति लामिछानेसहित अन्य सबै नेताहरूले सार्वजनिक यातायात चढ्ने बताए ।
डाँगीले पनि सार्वजनिक यातायातमा नागरिकका दु:ख नजिकबाट नियालेर व्यवस्थापनका उपाय खोज्न रास्वपाले यो अभियान चलाएको बताउँछिन् ।
रास्वपाको अभियान आगामी बुधवारसम्म सञ्चालन हुनेछ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !