काठमाडौं । प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।
गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको उनले बताए । उनीहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ‘३५ वर्षको पुरुष भखरै भारतबाट फर्किएका हुन् । घरका अन्य व्यक्तिमा पनि झाडापखला लगायतका लक्षण देखिएको छ,’ गुप्ताले भने, ‘संक्रमणको स्रोत पहिचान गर्न पानीको नमुना संकलन ल्याएका छौं ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरको गोदावरी, ग्वार्को इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौँको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !