काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणमा ३६ प्रतिशत प्रगति भएको जानकारी दिएका छन् । साथै उनले आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा समेत गरेका छन् ।
आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौं ।’ मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनले बताए । सुरुङ निर्माणमा सफल भएको र त्यो ज्ञान नेपाली इन्जिनियरहरुलाई पनि बाँड्ने उनले बताए । ‘हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश पनि हो,’ उनले भने ।
ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै उनले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताए । यो क्षेत्रबाहेक अन्यमा जग्गा व्यवस्थापनको काम सकिइसकेको उनले जानकारी गराए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !