वासिङ्टन । इरानसँग सम्बन्ध रहेको एक पाकिस्तानी नागरिकलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र केही राजनीतिज्ञको हत्याको षड्यन्त्र गरेको आरोप लागेको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले हत्याको षड्यन्त्र इरानसँग जोडिएको बताएका हुन् ।
४६ वर्षीय आसिफ मर्चेन्टलाई अमेरिकाका प्रख्यात राजनीतिज्ञको हत्या गर्न न्युयोर्कमा हिटम्यान भाडामा लिने प्रयास गरेको आरोप लगाइएको छ । रिपब्लिकन उम्मेदवारको हत्याको षड्यन्त्रमा इरानको संलग्नता पत्ता लागेपछि अधिकारीहरूले जुनमा ट्रम्पको सुरक्षा बढाएका थिए।
मंगलबार एफबीआई निर्देशकले कुनै पनि राजनीतिज्ञ वा कुनै अमेरिकी नागरिकको हत्या गर्ने विदेशी षड्यन्त्र राष्ट्रिय सुरक्षाको लागि खतरा भएको र यसको सामना गर्न एफबीआईले आफ्नो पूरा स्रोत प्रयोग गर्ने बताए। आसिफ मर्चेन्टलाई जुलाईमा पक्राउ गरी हाल न्यूयोर्कमा राखिएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !