काठमाडौं । प्युठानमा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२, नाकेटाकुराका १९ वर्षीय केशव घर्तीमगर छन् ।
सात वर्षीया बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
महिलाको बलात्कार आरोपमा पक्राउ
पाल्पामा ६६ वर्षीया महिलाको बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–१ का ४७ वर्षीय धनबहादुर कामी छन् । बुधबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरीको बलात्कार आरोपमा पक्राउ
पाल्पामै १६ वर्षीया किशोरीको बलात्कार आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–७, कुन्सरेका ४३ वर्षीय इन्द्रवीर झेडी छन् । बुधबार राति उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !