धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ल चयन भएका छन् । मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो । मल्ल डोटीको प्रदेश सभा (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ । बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्
यस अघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक रहेकी निर्मलादेवी साउद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् । संसदीय दलका नेता रावलले प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा रहेका दुवै जना सरकारमा सहभागी भएपछि जिम्मेवारी हेरफेर गरिएको जानकारी दिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !