काठमाडौं । भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् ।
झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत काठमाडौंले बेचनको आज बयान गराउँदै छ ।
न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो । झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !