काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंले बुधबार बयान लिइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको थियो । झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो ।
न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसँगको बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नदेखिएको बताएका थिए । यद्यपि, झाले पोलिग्राफ टेष्ट गर्न भने अस्वीकार गरेको खुलेको छ । अभियोजन प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको उल्लेख गरिएको छ । झा १३ असारमा पक्राउ परेका थिए । उनीमाथि मन्त्रिपरिष्दबाट नक्कली भुटानी प्रकरणको निर्णय गराउने भन्दै दुई करोड रुपैयाँ सानु भण्डारीबाट लिएको खुलेको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !