काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले यो प्रकोप मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि फैलिरहेको बताइएको छ । छिटो फैलिरहेको सङ्क्रमण र मृत्युको दरबारे वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् ।
यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ । बिफर प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्दछ । यसको लक्षण फ्लु जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ । जसमा १०० मध्ये चार जनाको मृत्यु हुन्छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !