काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा मुछिएका दिपेश पुनसँग बयान लिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पुनसँग बयान लिएको हो । सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैरकानुनी ढंगले कर्जा प्रवाह भएको पाइएको छ ।
समितिले निरन्तररूपमा सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपितहरूसँग बयान लिइरहेको छ । यसअघि केही आरोपितलाई कारागारबाट झिकाएर समितिले बयान लिएको थियो ।
समितिका संयोजक सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी छानबिनको तथ्यमा पुग्नका लागि सबै पक्षसँग निरन्तर छलफल र बयान लिने काम भइरहेको बताए ।
गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !