काठमाडौं । क्यानडास्थित नेपाली दूतावासले पर्याप्त जानकारी र तयारी गरेर मात्रै अध्ययनका लागि क्यानडा आउन विद्यार्थी तथा अभिभाकलाई सुझाव दिएको छ । लहड र अरुको उक्साहटमा आउने विद्यार्थीले समस्या भोगिरहेको दूतावासले जनाएको छ । आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको सहर आदिबारे पर्याप्त जानकारी लिएर मात्रै प्रक्रिया अगाडि बढाउन दूतावासले सुझाव दिएको छ । अतिरञ्जित प्रचार भर परेर पूर्ण तयारी नगरी आउँदा विद्यार्थीले विविध समस्या व्यहोर्नु परेको यथार्थलाई ध्यान दिन पनि दूतावासले आग्रह गरेको छ । “रोजगारीका सम्भावनाबारे पर्याप्त मात्रामा जानकारी लिएर तयारीका साथ आउँदा एकै चोटी व्यहोर्नुपर्ने समस्याहरू सामना गर्न सहज हुन्छ,” दूतावासले भनेको छ, “अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययन, आवास र बस्नेखाने खर्चको यथोचित प्रबन्ध गरेर मात्र पठाउनुपर्दछ ।”

समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !