रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका (१) घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढामगरको मृत्यु भएको रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए। घटनामा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढामगर घाइते भएका छन् । गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !