काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार केन्द्रीय समिति बैठक अघि पदाधिकारी बसेर छलफल गर्न लागेका हुन् ।
सत्ता साझेदार दल कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ । त्यसअघि पदाधिकारी बसेर बैठकमा लेखिने निर्णयका बारेमा छलफल हुनेछ ।
‘कतिपय विषयमा भाषा मिलाउने गरी बैठक बस्न लागेको हो‚’ उनले भने । कांग्रेसमा साउन २३ देखि केन्द्रीय समिति बैठक बसिरहेको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुटेपछि २८ गते सम्म बसेर बैठक स्थगन भएको थियो । त्यसपश्चात् भदौ ७ गते बसेको बैठकमा पनि निर्णय हुन सकेको थिएन । भदौ १२ गतेका लागि बोलाइएको बैठक भने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि १६ गते सम्मका लागि स्थगन गरिएको थियो ।
महामन्त्री गगन थापाले ल्याएको चुनाव अघि गठबन्धन गर्न नहुने अवधारणा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीमा बैठकमा सहमति जुट्न सकेको छैन ।
शनिवार बसेको पदाधिकारी बैठकमा यी विषयमा सैद्धान्तिक सहमति जुटेपनी कस्तो भाषा प्रयोग गरेर निर्णय लेख्ने भनेर केन्द्रीय समिति बैठक सुरु हुनु अगावै पदाधिकारी बैठक बस्न लागेको हो । बैठक १ बजे सानेपामा बस्ने घिमिरेले जानकारी दिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !