काठमाडौं– सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भएका तीन वटा फण्डले बोनस दिने भएका छन् ।सानिमा बैंक कोष प्रवर्द्धक र सानिमा क्यापिटल व्यवस्थापकमा रहेका तीन फण्डले गत आर्थिक वर्ष २०८०–०८१ को नगद लाभांश दिने भएका हुन् ।
जसमा १ अर्ब ३० करोडको सानिमा इक्विटी फण्डले कर सहित १५ प्रतिशत अर्थात १९ करोड ५० लाख रुपैयाँ बोनस दिने भएको छ ।त्यस्तै १ अर्ब २० लाखको सानिमा लार्ज क्याप फण्ड अन्तर्गतको योजनले १० प्रतिशत अर्थात १२ करोड रुपैयाँ दिने भएको हो ।६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँको सानिमा ग्रोथ फण्डले १० प्रतिशत अर्थात ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ बोनस दिने भएको सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले जानकारी दिए ।चालिसेका अनुसार धितोपत्र बोर्डबाट अनुमति पाए पश्चात बुक क्लोजको मिति तय हुने जानकारी दिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !