काठमाडौं- नायक रमित ढुङ्गानाले फिल्म ‘नमेटिएको घाउ’ बक्स अफिसमा असफल हुनुको आरोप त्यसमा अभिनय गर्ने नेताहरूलाई लगाएका छन् ।
रमितको डेब्यू निर्देशन रहेको उक्त फिल्ममा हालका प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाही लगायतको अभिनय रहेको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘३३ एसिड पीडितको सत्य घटनामा आधारित फिल्म दर्शक र राजनीतिक दलका सदस्यबाट बहिष्कृत भएको’ तर्क राखेका छन् ।
नेतालाई अभिनय गराएको कारण दर्शकले फिल्म बहिष्कार गरेको उनको बुझाइ छ । उनले भने, ‘नेताहरू भएकै कारण मेरा आफन्तले पनि फिल्म बहिष्कार गर्नुभएको छ ।’
राजनीतिक दलका सदस्यले आफ्नो मात्र नेतालाई अभिनय नगराएको कारण फिल्म बहिष्कार गरेको उनले दाबी गरेका छन् । उनी लेख्छन्, ‘दर्शकबाट बहिष्कारका कारण…त्यो नेतालाई किन चलचित्रमा राखेको ? हाम्रो मात्र नेता राखेको भए हुन्थ्यो । त्यसैले हामी नहेर्ने सरी रमित !’

उनले औंल्याएको दोस्रो कारण ओली–माधवको राजनीतिक दुस्मनीप्रति लक्षित देखिन्छ । यद्यपि; उनले कुन पार्टीले कुन नेताका कारण फिल्म बहिष्कारमा परेको खुलाउन चाहेका छैनन् ।
उनी भन्छन्, ‘कमेन्ट र मेसेजमा आएको प्रतिक्रिया आएको आधारमा स्ट्याटस लेखेको हुँ । त्यहाँ जो कोहीले हेर्न सक्नुहुन्छ ।’ नेताहरूप्रति युवा पुस्ताको वितृष्णाकै कारण आफूले हलबाट छिटै फिल्म झिक्नु परेको उनको दाबी छ ।
एसिड आक्रमण पीडितहरूको आग्रहमा आफूले राजनीतिक व्यक्तित्वहरूलाई फिल्ममा राख्दा बहिष्कारमा पर्नु असामान्य घटना रहेको उनको बुझाइ छ ।

रमितले लेखेको स्ट्याटस
यो घटनाले दीर्घकालीन रूपमा सन्देशमूलक फिल्म बनाउन मेकरलाई वितृष्णा पैदा गराउने उनको बुझाइ छ ।
‘पीडितहरूको आवाजमा मैले फिल्म बनाएको हो । तर यसरी बहिष्कारमा पर्नु फिल्म क्षेत्रकै लागि दुःखद कुरा हो । अब यस्ता फिल्म बनाउन को अग्रसर हुन्छ ?’ उनी प्रश्न गर्छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !