काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस–एमालेबीच कुनै मतभेद नरहेको बताएका छन् ।
आज (बुधबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति एमाले–कांग्रेसको पूराका पूरा समर्थन रहेको बताएका हुन् ।साथै, एमाले–कांग्रेसबीच खास–खास कुरामा एउटै धारणा रहेको पनि सभापति देउवाले बताए । एमाले–कांग्रेस एकअर्काका मुख्य प्रतिस्पर्धी पनि रहेको बताउँदै सभापति देउवाले कही समस्या रहेपनि केपी शर्मा ओली र आफू बसेर समाधान खोज्ने उनले बताए । ‘एमाले र कांग्रेस पार्टी मुख्य प्रतिस्पर्धी हौँ। कति कुरा समस्या हुन सक्छन्। ओलीजी र मैले मिलेर अरु साथीहरु मिलेर पनि समाधान गर्नेछौं,’– उनले भने ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !