काठमाडौंको नक्साल सहायक वितरण केन्द्रको ओम फिडरअन्तर्गत पर्ने केही स्थानहरूमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले ओम फिडरअन्तर्गत पर्ने ओम हस्पिटल उत्तरतर्फ धोवीखोला पुलदेखी एस.आर.क्याटरिङ हुदैं धुम्बाराही मन्दिर तलबाट सुकेधारासम्मका क्षेत्रमा ६ घन्टा विद्युत अवरूद्ध हुने बताएको छ।
ती क्षेत्रमा पोल सिफ्टिङको कामका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणको भनाइ छ। निर्धारित समयअगाडि काम सकिए अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !