काठमाडौँ, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताएका छन् ।
राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उनले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताए । त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासङ्घलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यम निर्णय हुने जानकारी दिए ।
देशभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेका जानकारी दिँदै उनले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना सुनाए । सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताए । चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेशस्तरबाट नै वितरण गरिने जानकारी उनले दिए।
साथै उनले प्रधानमन्त्रीका तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० पनि पेस गरे । रासस
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !