काठमाडौं, २६ भदौ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको नाममा प्रतिष्ठान बनाउने उद्घोष गरेका छन् । आज (बुधबार) स्वर्गीय सुवासचन्द्र नेम्वाङको प्रथम वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले नेम्वाङको स्मृतिलाई ताजा राख्न र उनका आदर्शहरुलाई पछ्याउन प्रतिष्ठान आवश्यक रहेको बताए ।
‘उहाँको स्मृतिलाई ताजा राख्नका लागि र उहाँको सम्झनामा, उहाँका आदर्शहरुलाई पछ्याएर कामहरु गरिरहनका लागि हामी सुवाचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु,’– ओलीले भने ।
साथै, निष्कृय रुपमा रहेको अन्य प्रतिष्ठानहरुलाई पनि चलायमान बनाइने उनको भनाइ छ । नेताहरुको नामा खोलिएको प्रतिष्ठान उनीहरुको आशर्द, विचार, उनीहरुले हिडेको बाटो, आचरण, व्यबहारअनुरुप चल्नुपर्ने उनले बताए ।

समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !