काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । सुन शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यही भदौ २६ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो यसअघिको ‘रेकर्ड’ थियो । त्यो रेकर्ड आज ब्रेक भएको हो ।
बिहीबार (हिजो) भने छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेकोे महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !