काठमाडौं। नेपाल प्रहरीमा जागिर खुलेको छ । २ सय ५६ सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)का लागि दरखास्त आह्वान गरिएको छ ।
असोज ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्स्पेक्टरतर्फ ३५ खुला, १ अमर/अशक्त प्रहरी परिवार, ६ महिला, ९ आदिवासी/जनजाती, ८ मधेशी, ४ दलित र १ जना पिछडिएको क्षेत्रका लागि कोटा छ।
२० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको र स्नातक वा सोसरह उत्तीर्णले आवेदन दिन सक्नेछन् । तर प्रहरी सेवामै रहेकाको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने छ । दरखास्त शुल्क १२ सय रुपैयाँ तोकिएको छ।
यस्तै असईतर्फ खुलामा एक सय ३८, ५ जना अमर/अशक्त प्रहरी परिवार, २३ महिला, ३६ आदिवासी/जनजाती, ३१ मधेशी,१७ दलित र ६ जना पिछडिएको क्षेत्रका लागि कोटा तोकिएको छ। न्यूनतम योग्यता प्लस टु वा सोसरह उत्तीर्ण हुनुपर्ने छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !