काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका लागि बोलाएका छन् । उनले अहिले बिहान ११ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।
कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपालाई छलफलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए ।
लगत्तै माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए ।
माओवादी सांसदहरुले तत्काल निर्णय सुनाउन दबाब दिएको भन्दै सभामुखले २६ गतेको बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाउने बताएका थिए ।
त्यसपछि माओवादी सांसदहरुले सभामुखको निर्णयविरुद्ध संसद अवरोध गरेका छन् । उनीहरुले आजको बैठक पनि चल्न नदिने निर्णय गरेपछि सभामुखले छलफलका लागि बोलाएका हुन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !