काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो ।
फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ । वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंग्ल्यान्ड र पाँचौँमा ब्राजिल छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !