काठमाडौं– भारतविरुद्धको पहिलो टेस्टमा बङ्गलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बङ्गलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएको थियो ।
योसँगै बङ्गलादेश यस टेस्टको पहिलो इनिङ्गमा २२७ रनले पछाडि परेको छ । बङ्गलादेशका लागि सकिब अल हसनले सर्वाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए ।
बङ्गलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्वाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिङ्गमा ३७६ रन बनाएको थियो । जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !