काठमाडौं । रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् ।
भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
कम्तिमा तीन दिन हिरासतमा बस्नुपर्ने भएपछि उनी स्वास्थ्य जाँच गर्न भन्दै वीर अस्पताल पुगेका थिए । स्वास्थ्य जाँच गर्दा उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि उनी गएराती नै अस्पताल भर्र्ना भएका हुन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !