झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीलाई घुस लिएको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासहितले ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका हुन् ।
वडाअध्यक्ष ओलीले सेवाग्राहीसँग लिएको ८० हजार रुपैयाँ घुस पनि प्रहरीकहाँ जिम्मा लगाइएको विप्लवका कार्यकर्ताले उल्लेख गरेका छन् ।
बिर्तामोडबाट नियन्त्रणमा लिइएका उनलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
बुद्धशान्तिका अध्यक्ष मनोज प्रसाईंले वडाअध्यक्ष ओलीलाई घुस लिएको आरोपमा विप्लवका कार्यकर्ताले नियन्त्रणमा लिएको जानकारी आफूलाई आएको बताए ।
‘उहाँलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जानकारी पाएका छौँ’, उनले खबरहबसँग भने, ‘ प्रहरीकहाँ पुगिसकेकाले यसबारेमा अनुसन्धान हुँदै होला ।’
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !