काठमाडौं– अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको पहिरोले पुरिँदा सूर्यविनायक नगरपालिका–९ पलासेमा बस्दै आएका कालिकोटका एक गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको हो ।
पलासेमा जग्गा भाडामा लिई टहरो बनाएर बस्दै आएका तीन जनाको पहिरोमा परी मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २४ वर्षीया गर्भवती दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो ।
पहिरो गएको स्थानमा पुगेर सशस्त्र प्रहरी बलको नम्बर २२ गणमातहतको भक्तपुरस्थित सुरक्षा बेश ब्यासीका सशस्त्र प्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमान्डमा गएको टोली उद्धारमा खटिएको थियो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !