काठमान्डौ। नेपाल प्रिमियर लिग एनपीएलमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशको आधिकारिक क्रिकेट टोली ‘टीम कर्णाली’ ले आफ्नो लोगो सार्वजनिक गरेको छ। प्रदेशको क्रिकेट इतिहासमा महत्वपूर्ण मानिएको यस कार्यक्रमले टिमको पहिचानलाई थप सुदृढ बनाउन र आधिकारिक ब्रान्डिङलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने उक्त कार्यक्रम नेपालको राजधानी काठमाडौंंमा विशेष समारोहबीच आयोजना हुनेछ। कार्यक्रममा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, प्रदेशका मुख्य मन्त्री यामलाल कँडेल, सांसद ज्ञानेन्द्र शाही, तथा प्रमुख खेलाडी, प्रशिक्षक, तथा विभिन्न खेल सम्बन्धी संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
टिम कर्णालीका कप्तानले यस अवसरलाई ऐतिहासिक भन्दै, टिमको पहिचान र आत्मविश्वासलाई बढाउने महत्त्वपूर्ण क्षणको रूपमा लिएका छन्। “लोगोले टिमको प्रतिबद्धता र खेलमा प्रदर्शित जोशलाई प्रतिनिधित्व समेत गर्छ।
टिमको लोगो सार्वजनिक भएपछि टिमले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो नयाँ पहिचानसहित सहभागीता जनाउने योजना बनाएको छ। नेपाल प्रिमियर लिग एनपीएलमा ८ टोलीले खेल्ने छन भने टीम कर्णालीका मार्की खेलाडी सोमपाल कामी हुन ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !