काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन समारोहको दिन अवैध रूपमा भाडा उठाएको आरोपमा अखिल (क्रान्तिकारी) लगायत अन्य संगठन ले सयुक्त रुपमा बिज्ञप्ति बुझाएको छ ।अखिल (क्रान्तिकारी संगठनका अध्यक्ष दिनेश ऐरका अनुसार उक्त कार्यक्रममा लाखौ रुपैयाँको आर्थिक हिनामिना भएको बताएका छन।
विज्ञप्तिमा भनिएको छ, सवारी साधनको व्यवस्थित रूपमा निःशुल्क पार्किंग का लागि क्यानले खल्तीलाई जिम्मेवारी दिएको र त्रिविको स्ववियुले अव्यवस्थित ढंगबाट पार्किङको पैंसा उठाई स्ववियुले एकलौटी निर्णय गरी पैंसा असुलेको भनी असन्तुष्ट व्यक्त गरेका हुन्।
क्रान्तिकारी विद्यार्थी संगठनले आरोप लगाउँदै भनेको छ, “उद्घाटन समारोहमा संकलन गरिएको भाडा कुनै पनि विधिसम्मत प्रक्रियाबाट संकलन गरिएको छैन। यसले संस्थाको आर्थिक पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ।”
ज्ञापन पत्र बुझाउने क्रममा संगठनले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। साथै, यस किसिमका कार्यहरूले सार्वजनिक निकायहरूप्रति जनताको विश्वास गुम्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
एनपीएल व्यवस्थापनले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। 
सम्बन्धित पक्षले छिटो छानबिन गरी वास्तविकता सार्वजनिक गर्ने अपेक्षा राखिएको छ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !