काठमाडौं । नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ ।
टस जितेर सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रन जोड्यो । चितवनका लागि हसन इसाखिल सर्वाधिक ६५ रन जोडे ।
उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै रवि बोपाराले १८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३६ रन जोड्दा बिपिन रावलले १७, कुशल मल्लले १३ तथा सन्तोष कार्कीले ९ रन जोडे ।
बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !