नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।
टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।
कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।
३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।
दुवै ओपनर सस्तैमा आउट भएपछि क्रिजमा गुलशन झा र चाडविक वाल्टनले कर्णालीलाई उकासे । उनीहरुले ६० रनको साझेदारी गरे ।
२४ बल ६ चौका र १ छक्काको सहयोमा४२ रन जोडेका वाल्टनलाई कुशल भुर्तेलले बोल्ड गरे । त्यस्तै गुलशन झा अर्धशतक प्रहार गर्न १ रनले चुके । उनले अविजित ४९ रन बनाए । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।
विलियम बोसिस्टोको जविजित २ नै कर्णाली जितको लागि पर्याप्त बन्यो । बलिङतर्फ विपिन खत्री, सागर ढकाल कुशल भुर्तेलले समान १–१ विकेट लिए
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !