काठमाडौं, २९ मंसिर । आम जनता पार्टीले भन्सारमा भएको लुटको विरुद्धमा वीरगञ्जमा विशेष प्रदर्शन गरेको छ । पार्टीको भन्सार संघर्ष समितिकी संयोजक रञ्जुकुमारी साहको नेतृत्वमा भएको उक्त विरोध प्रदर्शनको र्याली छपकैयाबाट निकालेर वीरगञ्ज भन्सार कार्यालय घेराउ गरेर समापन गरिएको थियो ।
प्रदर्शनकारीहरुले ‘भन्सारको नाममा निजी सम्पत्ति लुट्ने काम बन्द गर, भन्सार कानूनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको प्रावधान खारेज गर, हामीसँग गरेको सम्झौता तुरुन्त कार्यान्वयन गर’ जस्ता नारा लगाएका थिए ।
आजपा विगत लामो समयदेखि भन्सारमा भैरहेको लुटको विरुद्धमा सडक संघर्षमा छ । यसअघि उनले काठमाडौंकेन्द्रित आन्दोलन गरेको थियो । जसमा सरकारले आन्दोनलकारीसँग उनीहरुको माग पूरा गर्ने समझदारी गरेको थियो ।


समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !