एन्फा महिला लिगमा आइतबार हुने विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । सुपर चरणमा विजयी सुरुवात गरेका दुवै टोली आइतबारको खेलमा समेत जितलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछन् । पहिलो खेलमा पुलिसले वालिङ नगरपालिकालाई र आर्मीले बागमती युथ क्लबलाई पराजित गरेका थिए ।
लिगको पहिलो चरणमा भने पुलिस र आर्मीले बराबरी खेल्दै अंक बाँडेका थिए ।
प्रकाशित :- २०८१ पुष २१, आईतवार
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !