पर्सा– पर्सा प्रहरीले ११ किलो ९५० ग्राम चरेस बरामद गरेको छ।
जिराभवानी गाउँपालिका-५ भलुवाही खोलास्थित झाडीबाट प्रहरीले मंगलबार राति चरेस बरामद गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले झाडीमा लुकाएर राखेको २४ वटा प्याकेटमा रहेको उक्त चरेस बरामद गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
नेपालबाट भारततर्फ तस्करी गरी लैजाने उद्देश्यले चरेस झाडीमा लुकाएर राखेको हुनसक्ने आशंका प्रहरीको छ । उक्त चरेस कसले त्यहाँ लुकाएर राखेको थियो भन्नेबारे अनुसन्धान जारी रहेको लम्सालले बताए । चरेस गाँजाबाट प्रशोधन गरी बनाइन्छ। चरेसको अन्तर्राष्ट्रिय माग र मूल्य उच्च छ। नेपालको धादिङ, मकवानपुर, धनकुटालगायत जिल्ला गाँजा खेतीले चिनिन्छन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !